१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ

१२ पुष २०८२, शनिबार ११:०७

काठमाडौँ | लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका एक जना फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय राहुल तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तामाङ लागुऔषध मुद्दामा दोषी ठहर भई गत भदौ ५ गतेदेखि कारागार कार्यालय सिन्धुलीमा कैद भुक्तान गरिरहेका थिए । तर, गत भदौ २४ गते सिन्धुलीमा भएको प्रदर्शनका क्रममा उनी कारागारबाट फरार भएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका तामाङ कारागारबाट भागी फरार भएका थिए । पछिल्लो समय उनले पुनः लागुऔषधको बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास तीव्र पारिएको थियो । सोही क्रममा चन्द्रागिरि नगरपालिका–१०, बलम्बु क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।”

प्रहरीले तामाङको साथबाट ठूलो मात्रामा लागुऔषधजन्य ‘इन्जेक्सन’समेत बरामद गरेको जनाएको छ । बरामद लागुऔषधमा डाइजोपाम इन्जेक्सन १५ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १८ थान तथा बुप्रेनोर्फिन इन्जेक्सन १७ थान रहेका छन् ।

प्रहरीका अनुसार तामाङ यसअघि पनि पटक–पटक लागुऔषधसम्बन्धी अपराधमा संलग्न रहेका थिए । उनीविरुद्ध २०७८ साउन २९ गते प्रहरी वृत्त थानकोटमा लागुऔषध मुद्दा दर्ता भएको थियो भने २०८२ असार १३ गते प्रहरी कार्यालय सिन्धुलीमा पनि लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको अभिलेखमा उल्लेख छ ।

यसका साथै, गच भदौ २४ को प्रदर्शनका क्रममा कारागारबाट भागी फरार भएको विषयमा समेत छुट्टै मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । लागुऔषधको अवैध कारोबार समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । प्रहरी उपरीक्षक आचार्यले लागुऔषध नियन्त्रणका लागि नियमित निगरानी, सूचनाको आदानप्रदान र कडाइका साथ कारबाही जारी रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति