असोज २३, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि नयाँबानेश्वरको खरिबोटमा गोली प्रहार भएको छ ।
गोली लागेर घाइते भएका अध्यक्ष गौचनलार्इ उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।
घटना लगत्तै प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान सुरू गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।