2026-10-20 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने

काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलिदेखि सुरू हुँदैछ। परीक्षा चैत २९ गतेसम्म चल्नेछ। परीक्षा सकिएको ३ दिनभित्रै विद्यार्थीका उत्तरपुस्तिका परीक्षण गर्ने तयारी छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले यसपालि उत्तरपुस्तिका ३ दिनभित्रै परीक्षण गर्ने र एक महिनाभित्रै परीक्षाफल (रिजल्ट) निकाल्ने तयारी रहेको जानकारी दिए। राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सकिएको ३ दिनभित्रै परीक्षण र एक महिनाभित्र रिजल्ट निकाल्ने गरी कार्यतालिका नै बनाएर सर्कुलर गर्ने तयारी गरेको हो।

विगतका वर्षहरूमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा संकलन गरी जिल्ला तथा प्रदेशमा परीक्षण गर्ने गर्दा परीक्षाफल प्रकाशनमा ढिलाइ हुने गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसइई परीक्षाको उत्तरपुस्तिका छिटो परीक्षण गरी एक महिनाभित्रै परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएका थिए। सोअनुसार राष्ट्रिय परीक्षा बोर्डले छोटो समयमै परीक्षाफल निकाल्ने गरी तयारी गरेको छ।

उत्तरपुस्तिका परीक्षण गरेर जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले प्राप्ताङ्क बोर्डमा पठाउनेछ। बोर्डले इन्ट्री तथा रूजु गरी परीक्षाफल प्रकाशित गर्नेछ। बोर्डका अनुसार वैशाख मसान्तसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी छ। यसपालि एसइई परीक्षाका लागि कूल १९ सय ६६ वटा परीक्षा केन्द्र छ भने पाँच लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ