१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

१४ पुष २०८२, सोमबार १३:५१

काठमाडौँ | काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ ।

उक्त म्याजिक लाइटलाई लायन्स कल्ब अफ काठमाडौँ थलीले खरिद गरी आज जिल्ला प्रशासन कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पौडेलले लायन्स क्लब अफ काठमाडौँ थलीको यो सहयोगको सराहना गर्दै म्याजिक लाइटले काठमाडौँमा रातको समयमा ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँको सडकमा रातको समयमा ट्राफिक व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको छ, धेरै समय गाडी ट्राफिक नदेखी ठक्कर दिने अवस्था आउने गर्छ, म्याजिक लाइटको प्रयोगले यो समस्यामा केही हदसम्म राहत पु¥याउनेछ ।”

उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालय र यसको संरचनामा आएको क्षतिको बारेमा जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पाँच मिनेटको लागि पनि ट्राफिकविनाको चोकको अवस्था कस्तो होला ?, यसलाई हामी सबैले अनुमान गर्न सक्दछौँ, यो अवस्थाले केवल सवारी सञ्चालनमा मात्र नभएर, सार्वजनिक जीवनमा पनि ठूलो प्रभाव पार्दछ, यसैले म्याजिक लाइटको प्रयोगले सवारी व्यवस्थापनमा नयाँ आशा थप्ने विश्वास गरेका छौँ ।”

यसैगरी उहाँले जेनजी आन्दोलनका कारण ट्राफिक कार्यालयका विभिन्न भवन र उपकरणसहित ट्राफिक प्रहरीका लुगा जल्नुका साथै व्यापक क्षति पुगेको भन्दै दुखसमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आगजनीका कारण हामीलाई ट्राफिक व्यवस्थापनमा ठूलो समस्या आएको थियो, अहिले नागरिक स्तरबाट पुनर्निर्माणका प्रक्रिया आरम्भ भएका छन् र हामी यसलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने प्रयासमा जुटेका छौँ ।”

लायन्स क्लब अफ थलीका अध्यक्ष रुपक सिमखडाले म्याजिक लाइट सहयोगको महत्व र उद्देश्यलाई स्पष्ट पार्दै समाजको सुधार तथा सहकार्यका लागि यस प्रकारका सहयोग र सहकार्य निरन्तर जारी रहने जनाउनुभयो । उहाँले भन्नुभयो, “हामी सधैं समाजको लागि आवश्यक सहयोग प्रदान गर्ने प्रयास गर्छौँ, ट्राफिक व्यवस्थापनको सुधारका लागि हामीले गरेको यो पहल सँगै यो संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल