Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनचाँदीको मूल्यमा भारी गिरावट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | लगातार बढिरहेको सुनचाँदीको मूल्यमा मंगलबार भने भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ७० हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।