१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

१६ पुष २०८२, बुधबार १०:४३

काठमाडौँ | देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बीच रहने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री