१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

१६ पुष २०८२, बुधबार ११:१८

काठमाडौँ | अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने यहाँ आउनेहरु नघटेको उहाँको भनाइ छ ।

अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ । भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत एक हजार ५०० दर्शनार्थी आइरहेका छन् ।

मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन र कुण्डमा स्नान दर्शन गरी मन्दिर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ । चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरुलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ । समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ ।

चिसोमा पनि पर्यटन आउने क्रम जारी रहेपछि होटल व्यवसाय पनि फस्टाएको छ । यहाँ स्वदेश र विदेशबाट पनि पर्यटकहरु आउने गरेका छन् । विशेष गरी भारतीय पर्यटकहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

हुम्लाबाट मुक्तिनाथ आउनुभएका सुन्दर राउतले मुक्तिनाथको दर्शन गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । मुक्तिनाथ मन्दिरको महिमा र यसको चर्चा सुनेपछि आफू यहाँ आएको बताउनुभयो । साथै जाजरकोटबाट आउनुभएका देवबहादुर रोकायाले पनि धार्मिक तपोभूमिमा धार्मिक आस्था र विश्वास लिएर दर्शन गर्न आएको बताउनुभयो ।

पछिल्लो समय नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको यात्रा सहज भएपछि मुस्ताङमा पर्यटक बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरम्म दुई लाख तीन हजार २९२ जना आन्तरिक र ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री