१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’

१८ पुष २०८२, शुक्रबार १२:१०

काठमाडौँ | महिला अधिकारकर्मीले संविधानको भावनाअनुरुप समानुपातिक समावेशी अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

महिला अधिकारका लागि दबाब अभियानले आज यहाँ माइतिघर मण्डलामा दबाबका लागि र्‍यालीसहित अधिकारको माग गरिएको हो । त्यस क्रममा माइतिघर मण्डलाबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था धनि र सम्पन्नशाली व्यक्तिका लागि नभइ सीमान्तकृत, महिला, दलित, जनजाति र पछाडि पारिएका समुदायको अधिकारका लागि रहेको भन्दै विरोध जनाइएको थियो ।

सहभागी महिलाहरूले संविधानप्रदत्त समानुपातिक समावेशी अधिकारको पालना, दण्डहीनताको अन्त्य, नेतृत्वमा महिला सहभागितालगायत विषयमा लेखिएका ‘प्ले कार्ड’ सहित प्रदर्शन गरेका थिए ।

कोणसभामा गैरसरकारी संस्था महासङघका वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले विगतमा पनि राजनीतिक पार्टीले समानुपातिक उम्मेदवारमा धनाड्य, आफन्त र पहुँचवालालाई स्थान दिने गरेको भन्दै यसपटक नयाँ पार्टीहरूले पनि चर्चित र सम्पन्न व्यक्तिलाई नै समानुपातिकमा नाम राखेकामा विरोध जनाउनुभयो ।

उहाँले जनताले सडकबाट सङ्घर्ष गरेर संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न बाध्य पारेको सन्दर्भ उल्लेख गर्दै यसको दुरुपयोग नगर्न चेतावनी दिनुभयो । “समानुपातिक कोटामा हुनेखाने र आफ्ना मान्छे राख्न पाइँदैन”, थापाले भन्नुभयो,“त्यस्ता सूचीमा राखिएका व्यक्तिको नाम तुरुन्तै हटाउन हाम्रो आग्रह छ ।”

कोणसभामा जेनजी पुस्ताका अगुवा नेता मोनिका निरौलाले संविधानप्रदत्त अधिकारको सही प्रयोग गर्न राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समानुपातिक अधिकार सीमान्तकृत समुदायकै हुने भएकाले यसमा नेताहरूले आँखा नलाउन खबरदारी गर्नुभयो ।

सभामा दबाब र खबरदारी अभियान निरन्तर जारी राख्ने जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने