२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक २८ अङ्ककले बढ्यो

२१ पुष २०८२, सोमबार १५:५१

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । आज ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ०५, विकास बैंक समूह दुई दशमलव ७० र होटल तथा पर्यटन समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ६७, वित्त शून्य दशमलव ८३, जीवन बीमा शून्य दशमलव ४९, जलविद्युत् एक दशमलव १४, लगानी एक दशमलव २५, लघुवित्त शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ५७, व्यापार शून्य दशमलव २२ र अन्य समूह शून्य दशमलव शून्य दशमलव ७३ प्रतिशतले बढेको छ ।

सागर डिस्टिलरी लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रीटेक एन्डस्ट्रीज लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चर दुई दशमलव ४९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको रु ३८ करोड ६९ लाख ५० हजार ३४७ बराबरको छ लाख २२ हजार ८४० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल