२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु

२३ पुष २०८२, बुधबार १४:१५

काठमाडौँ | जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार व्यास नगरपालिका-५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर र टिपरको बीचमा पर्दा च्यापिएर मृत्यु भएको हो ।

कालिका कन्ट्क्सन कम्पनीको इएक्स ०६६ नम्बरको स्काभेटर र सोही कम्पनीको बा प्र ०६-००१ क ०२५१ नम्बरको टिपरले काम गरिरहेको अवस्थामा अचानक च्याप्दा गम्भीर घाइते भएका थापालाई उपचारका लागि मङ्गलबार दिउँसो दमौलीस्थित रत्नहरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो । उहाँका अनुसार उपचारका क्रममा उहाँको गएराति मृत्यु भएको हो

टिपर चालक चितवनको राप्ती नगरपालिका-२ का ३३ वर्षीय जीवनकुमार गोले र स्काभेटर चालक बर्दियाको बारबर्दिया नगरपालिका-८ का २२ वर्षीय विशाल थारुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । उहाँका अनुसार मृतकको शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।

त्यसैगरी पृथ्वीराजमार्ग सडकअन्तर्गत बन्दीपुर गाउँपालिका-४ ठूलोढुङ्गा नजिक ग १६ प १६५३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् । भारतको रडिया थाना गोडिजग पूर्वी चाम्पा रोड घर भई हाल बन्दीपुर-४ डुम्रे बजारमा बस्दै आएका ५५ वर्षीय कुलदेव शाह घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते शाहलाई स्थानीय मोती अस्पतालमा सामान्य उपचारपछि चितवन मेडिकल कलेज पठाइएको छ । टाउँकोमा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेकाले थप उपचारका लागि चितवन पठाइएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल चालक बन्दीपुर-१ किहुँ घर भएका २४ वर्षीय सोमबहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो