२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कञ्चनजङ्घा आधार शिविर सुनसान

२०८२, २४ पुष बिहीबार ११:२५

काठमाडौँ | ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।

पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजङ्घाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयात क्षेत्र पनि सुनसान बनेका छन् ।

पर्यटन व्यवसायीका अनुसार भ्रमण गर्ने याम सकिएसँगै पर्यटक आउजाउ गर्न छोडेपछि आधार शिविर सुनसान बनेको हो । पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाले पर्यटकीययाम सकिएपछि पर्यटक आउजाउ गर्न छाडेपछि होटेल व्यवसाय गर्दै आएका व्यवसायी तल्लो बस्तीतिर फर्किएका बताउनुभयो ।

यसैबीच, कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो वर्षमा यहाँ आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष भ्रमणको पहिलो याममा ९५० जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष मङ्सिरपछि पनि फाट्टफुट्ट पर्यटक यहाँ आएका छन् । यस क्षेत्रको भ्रमण गर्नेमा विदेशी मात्र नभई आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्दै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्षको पहिलो याममा ८७७ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ