काठमाडौँ | चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुने बताएकी छन् ।
प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने तयारी गरेकी दाहालले सोमबार चितवनमा सञ्चारकर्मीसँगको छलफलका क्रममा करिब दुई कार्यकालको मेयरको भूमिकापछि आफू नयाँ भूमिकाका लागि तयार भएको भन्दै जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुने बताएकी हुन्।
मेयरका हैसियतमा आफूले भरतपुरमा धेरै काम गर्न सफल भएको उनले बताइन् । दाहालले चितवनका लागि जान्नेलाई भन्दा पनि काम गर्नेलाई जनताले छान्नुपर्नेमा जोड दिइन् ।