८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा

८ माघ २०८२, बुधबार १५:००

काठमाडौँ | दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं १ मा ११ वटा राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार आगामी फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनमुक्ति पार्टीसहित दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नं १ मा नेपाली कांग्रेसका भरतराज ढकाल, एमालेका मीनप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मीलगायत उम्मेदवार रहेका छन् ।

क्षेत्र नं २ मा ११ राजनीतिक दल र चार जना स्वतन्त्र उम्मेदवारसहित १५ जनाको उम्मेदवारी परेको क्षेत्र नं २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, एमालेका खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीका पदमबहादुर विश्वकर्मालगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे