२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

२०८२, ८ माघ बुधबार १८:१०

काठमाडौँ | निर्वाचन आयोगले मंगलबार उम्मेदवारी दिएका व्यक्तिहरूमध्ये पाँच उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी दिएको छ। आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार विभिन्न जिल्लाका पाँच जना उम्मेदवारविरुद्ध दाबी विरोध दर्ता भएको हो।

उजुरी परेका उम्मेदवारहरूमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का दुई जना, सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक जना, रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का एक जना तथा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का एक जना उम्मेदवार रहेका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार माघ ६ गते सबै निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८७ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको थियो।

मनोनयन पत्र दर्ता गरेका उम्मेदवारहरूका सम्बन्धमा माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी विरोध पेश गर्ने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी