Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ १० गते, अपराह्न ३:२२ बजे
काठमाडौँ - KTM

हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | धादिङ क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता नलिने बताएकी छन् ।

उम्मेदवारी फिर्ता लिन लागेको चर्चाकाबीच आशिकाले त्यसको खण्डन गरेकी छन् । उनले आफू उम्मेदवारी फिर्ता लिन नभइ जनताको प्रतिनिध बन्न आएको बताएकी हुन् ।

जर्मन स्थायी आवासीय अनुमति पत्र सार्वजनिक भएपछि उनले आफ्नो उम्मेदवारी फिर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गरेको समाचारहरू सार्वजनिक भएपछि आशिकाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हल्ला को पछि नलागौं । चुनाव जित्न उठेको म उम्मेदवारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु ।’