१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा

१० माघ २०८२, शुक्रबार १६:५४

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको कुर्सीमा बस्न सजिलो भए पनि जिम्मेवारी बहन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । विशेष महाधिवेशन आफ्नो बारेमा सोचेर मात्रै नभएर नागरिकको सम्मान गरेर गरेको उनले बताए ।

उनले आफूले जिम्मेवारी लिएको केही दिनपछि नै निर्वाचनमा उम्मेदवारी चयन गर्नुपरेको बताए । उनले भने, ‘निर्वाचन आयोगमा वैधानिकताको परीक्षणलगायतका कारणले हामीसँग २४ घण्टाभन्दा पनि कम समय रह्यो, अब अर्को पटक यसरी उम्मेदवार यसरी चयन हुँदैन ।’माघ ४ गते उम्मेदवारी चयन र ६ गते दर्ता गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेकाले फरक ढंगले उम्मेदवारी चयन गर्ने योजना कार्यान्वयन गर्न नसकिएको उनले प्रस्ट्याए ।

सभापति थापाले उम्मेदवारी चयनमा केही त्रुटि र कमजोरी भएको स्वीकार्दै आफ्नो अप्ठ्यारो बुझिदिन पनि आग्रह गरेका छन् । ‘केन्द्रीय कार्यसमितिले एक मतबाट मलाई प्रधानमन्त्रीको रूपमा चयन गर्नुभएको छ, उपसभापति विश्वप्रकाश शर्माले बताइसक्नुभएको छ,’ थापाले भने,‘ नागरिकमा सुशासनको ठूलो भोक छ, भ्रष्टाचारको दलदलबाट नेपाल निस्कनुपर्‍यो भन्ने ठूलो छटपटी छ, युवाहरूमा नेपालभित्र अवसर पाइयोस् भन्ने ठूलो आशा छ ।’

उनले देश र राज्य ठीक ढंगले नचलेको भन्दै आम नागरिकमा ठूलो आक्रोश रहेको बताए । उनले कांग्रेस आफैं नभएर आफूहरूले बदलेको बताए । ‘यो कांग्रेस आफैं बदलिएको होइन, हामीले कांग्रेस बदलियौं, यो बदलिएको कांग्रेसले देशलाई बदल्छ भन्ने संकल्पका साथ नेपाली कांग्रेस निर्वाचनमा होमिएको छ,’ थापाले भने, ‘१० लाख बढी क्रियाशील सदस्यहरूलाई भन्छु, कांग्रेस निर्वाचनमा होमिएको छ, पार्टी भित्र पनि भिन्न-भिन्न मत छन्, तर निर्वाचनपछि फेरि खुला हृदयले छलफल गरौंला ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु