काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा पनि मौसममा परिवर्तन आएको छ । साथै उपत्यकाको वायुमण्डलमा प्रदूषण समेत बढेको छ ।
शनिबार बिहानैदेखि चिसो बढेको अनुभव भएको छ भने वातावरण पनि धुम्म भएको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशमा हिमपात र वर्षा भएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा पनि मौसम परिवर्तन भएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम विभागले जनाएको छ ।