२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना

२०८२, १३ माघ सोमबार १४:१५

काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभरको मौसम प्रतिकूल हुने जनाएको छ। सोमबार मौसम सामान्यतया सफा रहे पनि मंगलबार र बुधबार पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्नेछ। देशका हिमाली भू-भागमा आंशिक बादल लागे पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। सोमबार राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा बादल लाग्नेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति नै हल्का हिमपात वा वर्षाको सुरुवात हुन सक्नेछ।

मंगलबार दिउँसोबाट मौसममा पश्चिमी वायुको प्रभाव थप देखिनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा बादल लाग्ने र थोरै स्थानमा हल्का हिमपात वा वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिमका बाँकी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

मंगलबार राति मौसम थप खराब हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा बादल लाग्नेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपात वा वर्षा हुनेछ भने पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा हल्का वर्षा र लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्न सक्ने महाशाखाले जनाएको छ।

बुधबार भने मौसम प्रणाली देशभर फैलिनेछ। बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्ने र सबै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा बाँकी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार रातिबाट भने मौसममा क्रमिक सुधार आउनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहे पनि बाँकी भूभागमा आंशिक बादल मात्र लाग्ने महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी