काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा तीन सय र चाँदीको एक सय पाँच रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । मूल्य बढेसँगै मंगलबार छापावाला सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार तीन सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको यो मूल्य इतिहासकै उच्च हो । सुनको मूल्य सोमबार प्रतितोला तीन लाख नौ हजार रुपैयाँ रहेको थियो ।
यता, सोमबार प्रतितोला छ हजार सात सय ६५ रुपैयाँमा रहेको असली चाँदीको मूल्य मंगबार बढेर छ हजार आठ सय ७० रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य पनि इतिहासकै सर्वाधिक हो ।