2026-09-11 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन

काठमाडौँ | रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा पास गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।

मंगलबार माइतीघरमा भेला भएका युवाहरूले रोस्टरको अवधि बढाउनुपर्ने र भाषा पास गरेपछि रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्। उनीहरूका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम बसेको वर्ष दिनभन्दा बढी भइसक्दा पनि रोजगारदाताको छनोटमा नपर्दा भविष्य अनिश्चित बनेको छ ।

इपिएस प्रणालीअनुसार भाषा तथा सीप परीक्षा पास गरेपछि मात्र कोरिया जान पाइँदैन । रोजगारदाताले छनोट गरेपछि मात्रै जान पाइने व्यवस्था छ । तर दुई वर्षसम्म पनि छनोटमा नपरे रोस्टरबाट नाम हट्ने र फेरि भाषा परीक्षा दिनुपर्ने बाध्यता रहेको युवाहरूको गुनासो छ । प्रदर्शनकारीहरूले विशेष गरी कृषि र पानीजहाज निर्माण क्षेत्रमा पास भएकाहरू धेरैजसो छनोटमा नपरेको बताएका छन्। यसअघि उनीहरूले ग्वार्कोस्थित इपिएस कार्यालयमा पनि विरोध प्रदर्शन गरेका थिए ।

दक्षिण कोरियाले सन् २००८ देखि इपिएस प्रणालीमार्फत नेपाली युवालाई रोजगारीमा लैजाँदै आएको छ । हालसम्म एक लाखभन्दा बढी नेपाली युवा यस प्रणालीमार्फत कोरिया पुगेका छन्। सन् २०२५ का लागि कोरियाले झण्डै पाँच हजारकोटा निर्धारण गरे पनि एक लाखभन्दा बढी युवाले आवेदन दिएका छन्। हाल भाषा उत्तीर्ण गरेर रोस्टरमा मात्रै १२ हजारभन्दा बढी युवाको नाम रहेको इपिएस शाखाले जनाएको छ ।

शाखाले भने पटक–पटक हुने आन्दोलन र धर्नाले प्रक्रियामा नकारात्मक असर परेको भन्दै संयमित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस