काठमाडौँ | साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज राधी विद्युतको सर्वाधिक ५७ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ५७ करोड ६८ लाख रुपैयाँ र तेस्रोमा अंखु खोला जलविद्युतको ५१ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ८.५६ प्रतिशतका दरले कमाएका छन् । यस्तै, दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् ।