१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

१६ माघ २०८२, बिहीबार १६:३६

काठमाडौँ | भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको सहयोगको दोस्रो चरणमा २५० भन्दा बढी गाडी हस्तान्तरण गरेको छ। बिहीबार ‍सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारलाई २५० भन्दा बढी सवारीसाधन औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेयले सवारीसाधन हस्तान्तरण गरेका हुन्। ती सवारीसाधन आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले माग गरेको सहयोगअन्तर्गत प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले भारत–नेपालबीचको दीर्घकालीन सहकार्य र मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका छन्। उनले निर्वाचन तयारीमा यस सहयोगको महत्व रहेको पनि उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ