2026-09-11 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिद दिवसको अवसरमा नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। एक सन्देश जारी गर्दै थापाले २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ सालको ‘जेनजी’ विद्रोहसम्म इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन तथा संघर्षमा बलिदान दिने वीर सहिदको योगदानकै कारण आज नेपाली जनता स्वतन्त्रताको युगमा सास फेर्न सक्षम भएको बताएका छन् ।

उनले सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त, स्थिर र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गर्दै वीर सहिदले देखाएको त्याग, बलिदान र आदर्शलाई आत्मसात् गर्नु वर्तमान पुस्ता तथा नयाँ पुस्ताको साझा दायित्व भएको बताएका छन्।

‘सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ । वीर सहिदहरूले देखाउनु भएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु हाम्रो र नवीन पुस्ताको दायित्व हो,’ उनले लेखेका छन् ।

सहिद दिवसका अवसरमा थापाले शहीदहरूको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान व्यक्त गर्दै शहीदका सपना पूरा गर्ने तथा उनीहरूले देखाएको मार्गमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस