Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ १८ गते, बिहान ११:१७ बजे
काठमाडौँ - KTM

बालेनको घरको गेटमा तोडफोड

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौँको मण्डिखाटारस्थित घरको गेटमा तोडफोड भएको छ । शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौँका डीएसपी कौशल बुढाथोकीले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार चोरले गेट फुटाएको हुनसक्ने प्रहरीको आशंका छ । चोरीकै आशंकामा अनुसन्धान गरिरहेको उनले बताए । गेट फुटाइए पनि चोरी भए/नभएको यकिन भइनसकेको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको डीएसपी बुढाथोकीले बताए ।

झापा-५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि सुर्खेत पुगेका छन् ।