Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ १८ गते, बिहान ११:४३ बजे
काठमाडौँ - KTM

स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली कांग्रेस सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि १५औँ महाधिवेशन गर्ने बताएका छन्। महाधिवेशनमा वडाबाटै ‘प्राइमरी इलेक्सन’मार्फत् उम्मेदवार चयन हुने व्यवस्था लागू गरिने जानकारी दिए। काँग्रेसमा अब कुनै आकांक्षीलाई सभापति वा महामन्त्रीको घर धाएर टिकट माग्न नपर्ने थापाले बताए ।

उनको नेतृत्वमा पार्टीभित्रको गुटबन्दी र ६०–४० को भागबण्डा प्रणाली समाप्त भएको छ । अब सदस्य र नेताहरू सबैलाई समान व्यवहारमा राख्ने नीति लागू हुनेछ । थापाले पार्टीभित्र अनुशासन, पारदर्शिता र सदस्य सशक्तिकरणमा जोड दिएको छ । विश्लेषकका अनुसार, गगन थापाको नेतृत्वले कांग्रेसको आन्तरिक निर्णय प्रक्रिया लोकतान्त्रिक र पारदर्शी बनाउने लक्ष्य राखेको छ। प्राइमरी प्रणाली र महाधिवेशनमार्फत् उम्मेदवार चयनले स्थानीय तह निर्वाचनमा पार्टीको प्रतिष्पर्धात्मक क्षमता बढाउने अपेक्षा गरिएको छ ।

थापाले सभापतिको अध्याँरो कोठासँग सम्बन्धित विवादजन्य अभ्यास समाप्त भएको र पार्टीभित्र सबै सदस्यसँग समान व्यवहार हुने पनि पुष्टि गरे। उनको नेतृत्वमा कांग्रेसले पारदर्शिता, अनुशासन र सदस्य सशक्तिकरणमा नयाँ पहल थालेको छ ।