Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनचाँदीको मूल्यमा भारी गिरावट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य लगातार घट्ने क्रममा सोमबार पनि ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घट्दै २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख रुपैयाँ रहेको थियो। केही दिनअघि बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिएको थियो। त्यसयता सुनको मूल्य निरन्तर ओरालो लागेको हो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ रहेको चाँदी सोमबार घटेर ५ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।