२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन

२०८२, २० माघ सोमबार १७:३७

काठमाडौँ | नेपाल आयाल निगमले बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको भन्ने समाचार तथा सूचनाको खण्डन गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको जनाउँदै अभावको कुनै समाचार वा अफवाहमा नपर्न आम उपभोक्तालाई आग्रह गरेको हो ।

केही दिनदेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव भएको भन्दै पत्रपत्रिका तथा अनलाइन पोटलहरुमा आएका समाचार तथा जनगुनासोप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोही सन्दर्भमा निगमले इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट ग्यास आयातको लागी देशैभरिका उद्योगीहरुलाई निगमले मासिक रुपमा उपलब्ध गराउने एलपी ग्यासको परिमाण ४९ हजार ५०० मेट्रिकटन रहेकोमा नोभेम्बरमा ४७ हजार २६४ मेट्रिकटन, डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिकटन र जनवरी २०२६ मा ४७ हजार ३०४ मेट्रिकटन ग्यास वितरण गरिएको जनाएको छ ।

आयातित ग्यासले जाडोयामको पूर्ण माग धान्न पुग्ने रहेको जनाउँदै निगमले केही सीमित कम्पनीहरुको ग्यास सिलिन्डरको अभाव हुन सक्ने बताएको छ । त्यस्ता कम्पनीहरुलाई समेत तत्काल ग्यासको व्यवस्था गर्न निगमले निर्देशन गरिसकेको बताएको छ ।

बजारको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्येनजर गरी निगमले फ्रेबुअरी २०२६ का लागी साविकको परिमाणमा २ हजार मेट्रिकटन थप गरी इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट ग्यास आयात गर्न बोटलर्स वीस एलोकेसन पठाईसकेको पनि निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी