Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ २१ गते, बिहान ११:१२ बजे
अर्थ/विकास

सुनचाँदीको मूल्य बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य यसदिन भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँ पुगेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन हजार सात सय रूपैयाँ बढेको हो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा पाँच हजार दुई रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच ३५ रूपैयाँ बढेको हो।