Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ २४ गते, बिहान ११:०५ बजे
अर्थ/विकास

सुनचाँदीको मूल्य घट्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनमा प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ थियो ।

यस्तै, शुक्रबार चाँदी तोलामा २७० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।