2026-09-11 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा

काठमाडौँ | कांग्रेस सभापति गगनकुमार थापाले देश सम्हाल्ने र व्यवस्थालाई सुधार्ने जिम्मेवारी आफ्नो पार्टीले पूरा गर्ने बताएका छन् । कांग्रेस कास्कीको पार्टी कार्यालयमा शुक्रबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिमा नेपाललाई मिलाउने र सम्हाल्ने शक्तिको आवश्यकता रहेको बताए ।

उनले कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभएर संकटको बेला देशलाई निकास दिने राष्ट्रिय शक्ति भएको बताए । ‘आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ, त्यो ताकत हामीले राख्नु पर्नेछ,’ उनले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई, त्यो कांग्रेस हो ।’

आफ्नो सम्बोधनका क्रममा उनले राष्ट्रिय पार्टी र राष्ट्रिय शक्तिबीचको भिन्नता प्रस्ट्याए । उनले भने, ‘राष्ट्रिय पार्टी हुनु र राष्ट्रिय शक्ति हुनुमा फरक छ । राष्ट्रिय पार्टीले चुनाव जित्ला, सरकार बनाउला तर राष्ट्रिय शक्तिको जिम्मेवारी भनेको एउटा अभिभावकका रूपमा राष्ट्रका समस्या चिन्ने र त्यसलाई सम्बोधन गर्ने संकल्प गर्नु हो ।’

बीपी कोइरालाको मेलमिलाप नीति र २०६० सालको हिंसा अन्त्य गर्न कांग्रेसले खेलेको भूमिका स्मरण गर्दै उनले भने, ‘२०३३ सालमा बीपीले ज्यानको बाजी लगाएर देश जोगाउन राजासँग हात मिलाउनु वा २०६० सालमा आफ्नै छातीमा गोली हान्ने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु कांग्रेसको राष्ट्रिय शक्तिको चरित्र थियो । आज फेरि देशलाई त्यस्तै सम्हाल्ने शक्तिको खाँचो छ । हाम्रो पार्टीको चरित्र नै मिलाउने हो, हामी घृणा वा प्रतिशोधको राजनीति गर्नै सक्दैनौं ।’

वर्तमान समयमा नागरिकमा राज्यका संस्थाप्रति चरम अविश्वास रहेको स्वीकार गर्दै उनले अबको मुख्य एजेन्डा भ्रष्टाचार अन्त्य हुनुपर्नेमा जोड दिए । ‘नागरिकहरू रिसाएका छन्, किनकि उनीहरूले हरेक समस्याको जडमा भ्रष्टाचार देखेका छन्,’ उनले भने, ‘म जादुको छडीमा विश्वास गर्दिनँ, तर नेताको सफा नियत र ठीक नीति भयो भने परिणाम आउँछ । नेपालमा भ्रष्टाचार हट्छ र नेपाल अगाडि बढ्छ भन्ने संकल्पका साथ कांग्रेस अब भ्रष्टाचारविरुद्धको योद्धा बनेर अघि बढ्छ ।’ निर्वाचनको प्रसंगमा थापाले अब कांग्रेसले कुनै पनि चुनावी तालमेल नगर्ने र कार्यकर्ताले निर्धक्क भएर आफ्नो चुनाव चिहृनमा मतदान गर्न पाउने बताए ।

पार्टीलाई नयाँ र पुरानो पुस्ताको संगम बनाउनुपर्ने बताउँदै उनले ‘जेन–जी’ भनिने नयाँ पुस्तालाई कांग्रेसमा आकर्षित गर्नुपर्ने बताए । ‘नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो,’ उनले थपे, ‘सामाजिक सञ्जालको भ्युज र लाइक्समा मात्र अल्झिएर हुँदैन, हाम्रो वास्तविक तागत संगठन हो । प्रत्येक घरमा पुगेर नागरिकको आलोचना सुन्ने र उनीहरूलाई बुझाउने धैर्यता हामीले राख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे