२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने

२०८२, २५ माघ शनिबार १५:४०

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताले बोलेको कुरा तोकिएको समयमा पूरा नगरे जनताले सजाय दिनुपर्ने बताएका छन् । चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले नेताहरूले प्रतिबद्धता पूरा नगरी हाँसेर हिँड्न नपाउने स्पष्ट पारेका हुन् ।

‘भनेको कुरा पूरा नगर्दा, भाका पूरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाय पाउने । नेताले बोल्दो हिँड्दो सकियो पूरा नगरी यतिकै हाँसेर हिँड्न पाइन्छ, पाइन्नँ,’ उनले भने ।

आगामी निर्वाचनलाई लक्षित गर्दै लामिछानेले यसपटक पार्टीले नागरिकसँग प्रत्यक्ष करार गरेर अघि बढ्न लागेको बताए । पार्टी सभापतिको हैसियतले देशका विभिन्न भागमा पुग्नुपर्ने दायित्व रहेकाले चितवन क्षेत्र नं. २ को चुनावी अभियानमा नागरिकलाई आफ्नो प्रतिनिधिका रूपमा काम गर्न आग्रह गरे ।

‘यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ,’ उनले भने, ‘तपाईंहरू मेरो प्रतिनिधि भएर वरपरका घर–घरमा पुगिदिनुहोस्, त्यसले मलाई देशका दुर्गम ठाउँमा पुग्ने अवसर दिन्छ ।’लामिछानेले रास्वपाले कम्तीमा पनि एकल बहुमतको सरकार गठन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै पाँच वर्षको स्थिर सरकार देशको आवश्यकता रहेको बताए ।‘यस पटक हामीले कम्तिमा पनि एकल बहुमतको सरकार चलाउनुपर्ने हुन्छ । ५ वर्षको स्थायी सरकार यो देशले पाउँछ । त्यसपछि ५ वर्षको कामले बोल्छ हामीले बोल्न पर्दैन,’ उनको भनाइ थियो ।

उनले मतदातासँग अरू कुनै माग नरहेको भन्दै आफ्नो विवेक र विचारको जिम्मा स्वयं नागरिकलाई सुम्पिएको बताए । ‘यसका लागि हामी तपाईका विवेकलाई जिम्मा लगाउँदै छौँ । तपाईंको विचारलाई जिम्मा लगाउँदै छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी