2026-09-12 11:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्न चाहन्छ: महामन्त्री पौडेल

काठमाडाैँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशलाई रूपान्तरण गर्नका लागि भएपनि कांग्रेसमा मतदान गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौँको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा बोल्दै पौडेलले जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गर्दै देशलाई रूपान्तरण गर्न काँग्रेसमा मतदान गर्न आग्रह गरेका हुन्।

उनले भने, ‘म कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु –तपाईंले भनेजस्तो कांग्रेस बनेको छ । तपाईंले कांग्रेसमा जस्तो रुपान्तरण खोज्नुभएको छ । कांग्रेसमा त्यो रूपान्तरण भएको छ । अब रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्न चाहन्छ । त्यसको निम्ति मत दिएर बल र तागत प्रदान गर्नुस् ।’

महामन्त्री पौडेलले नेपाली कांग्रेसमा परिपक्व युवा पुस्ता नेतृत्वमा आएकाले देशको परिवर्तन सम्भव हुने जिकिर पनि गरे। ‘राजनीतिमा परिपक्वता भएन, आवेग मात्रै भयो भने देश सही बाटोतिर जान सक्दैन । निर्णय सही ढङ्गबाट हुन सक्दैन । खासगरी अहिले कांग्रेसको नेतृत्व गरिरहेको हामीहरू पनि पछिल्लो पुस्ताकै हौँ तुलनात्मक हिसाबबाट। हावी के दाबी गर्छौं भने नेपालमा परिवर्तन गर्ने नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने आन्दोलनमा केटाकेटीदेखि नै लागेका मान्छे हौँ ,’उनले भने।’

नेपाली कांग्रेसकाे तर्फबाट काठमाडाैँ क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले पार्टीका नेता, कार्यकर्ताहरूलाई पनि देशको रूपान्तरणका लागि कांग्रेसको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न निर्देशन पनि दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता