2026-08-02 03:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप

काठमाडौँ | वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको छ। सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले खानतलासी सुरु गर्न लाग्दा स्थिति तनावग्रस्त बनेको हो।

झडपका क्रममा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् भने ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीको अगाडिको सिसा समेत फुटेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा टोली उक्त गोदाममा पुगेको थियो, तर व्यापारीहरूले विरोध जनाएपछि विवाद सुरु भएको हो।

व्यापारीहरूले आफूहरूसँग सामानको वैध बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुःख दिइएको आरोप लगाएका छन्। बिल देखाउँदा देखाउँदै पनि सामान नियन्त्रणमा लिन खोजेपछि आक्रोशित भीडले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेको प्रहरीको भनाइ छ। घाइते सुरक्षाकर्मीको अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनापछि आदर्शनगर क्षेत्रमा तनाव कम गर्न सुरक्षा सतर्कता निकै बढाइएको छ र ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सशस्त्र प्रहरीले उक्त गोदामबाट ठुलो परिमाणमा सामान नियन्त्रणमा लिएको भए पनि बरामद सामानको विस्तृत विवरण र परिमाण भने अहिलेसम्म सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला