2026-09-11 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने

काठमाडौँ | आगामी फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरेको छ । जसअनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडामा एक/एक जना स्वंयसेवकहरू खटिनेछन् ।

निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमको मुख्य उद्देश्य आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्ने रहेको छ । जसमार्फत जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास हुने आयोगको अपेक्षा छ । मतदानको कार्यमा आम मतदाताको सहभागीता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु मतदाता शिक्षा कार्यक्रमको अर्को उद्देश्य छ । मतदाता शिक्षाका लागि आम सञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयम् सेवक परिचालन गरिने छ ।

देशभरका नगरपालिका तथा गाउँपालिकाका स्थित ६ हजार ७४३ वडामा फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् । स्वयंसेवकले मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत एवम् भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी दिनेछन् । स्थानीय तहको सहभागिता र समुदायको प्रत्यक्ष संलग्नता मार्फत सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमले समावेशी सिद्धान्त बमोजिम प्रभावकारी मतदाता शिक्षा प्रवर्द्धन हुने आयोगको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री