2026-07-24 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री भएर आफ्नो आमा, छोरी वा श्रीमतीको बारेमा मात्र सोच्ने हो भने त्यो भन्दा ठूलो अपराध केही हुँदैन: गगनकुमार थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको बताएका छन् । सिराहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले ती घटनाहरूलाई केवल सुरक्षाको दृष्टिकोणबाट मात्र नहेरी त्यसको गहिराइ बुझ्न आवश्यक रहेको बताए ।

‘हामी ८४ सालको निर्वाचनको तयारीमा थियौँ, तर भदौका ती दुई दिनले हाम्रो आँखा खोलिदिएको छ’, थापाले भने, ‘२३ गते हाम्रा निहत्था नौजवानहरू मारिए, २४ गते देशले ठूलो क्षति व्यहोर्यो। यो क्षति र आक्रोश सरकार, प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो ।’

नागरिकले दैनिक जीवनमा खेप्नुपरेका सास्तीका बारेमा थापाले पासपोर्टको लाइन, लाइसेन्सको झन्झट, मलको अभाव र शिक्षित युवाहरूको बेरोजगारीले जनतालाई दिग्दार बनाएको उल्लेख गरे ।‘पढाउँदा लाखौँ खर्च भएको छ, तर शहरमा २० हजारको जागिर छैन । बैंकको ऋणले घाँटी थिचेको छ’ उनले भने, ‘यो हैरानीको उपचार खोज्ने जिम्मा लिएका हामीले वास्ता नगरेपछि जनता सडकमा आएका हुन् ।’

थापाले हालको राजनीतिमा दुई थरी घातक प्रवृत्ति देखिएको विश्लेषण गरे । पहिलो, ‘सबै ठीकठाक छ, यो सबै षड्यन्त्र मात्र हो’ भन्ने सत्तारुढ मानसिकता र दोस्रो, ‘आगोमा घिउ थपेर आफ्नो राजनीतिक झन्डा उठाउने’ अवसरवादी प्रवृत्ति रहेको बताए । ‘जसले गल्ती र कमजोरी गरेको कुरालाई स्वीकार्दैन, त्यो कायर हो। जसले स्वीकार्छ र सच्याउने हिम्मत गर्छ, त्यो बहादुर हो। हामीले गल्ती गरेका छौँ र ती गल्ती सच्याएर कांग्रेसलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउनुपर्छ’, उनले भने ।

भ्रष्टाचारलाई ‘नेपालको महारोग’ को संज्ञा दिँदै थापाले यसको अन्त्य माथिबाटै शुरू हुनुपर्ने बताए । उनले मन्दिरको पुजारीले माला चोरे जस्तो देशको ढुकुटीको साँचो बोक्नेहरूले भ्रष्टाचार गर्नु महापाप भएको उल्लेख गरे । ‘प्रधानमन्त्री भएर आफ्नो आमा, छोरी वा श्रीमतीको बारेमा मात्र सोच्ने हो भने त्यो भन्दा ठूलो अपराध केही हुँदैन’, उनले भने । मधेसको मुद्दा उठाउने अन्य दलहरूलाई लक्षित गर्दै थापाले मधेसको अधिकार र दुःख काठमाडौँको सत्ता र प्रशासनलाई बुझाउने काम आफू र कांग्रेसले गर्ने बताए ।

सर्लाही ४ बाट चुनाव लड्न आउनुको उद्देश्य नै मधेसलाई नबुझी देशको नेतृत्व गर्न सकिँदैन भन्ने आत्मबोध भएको उनको भनाइ थियो । ‘मैले बोलेको कुरा पूरा गर्न सकिनँ भने तपाईंले सुन्नुपर्ने छैन, यो मेरो प्रतिज्ञा हो’, उनले भने। थापाले कांग्रेसका उम्मेद्वार रामचन्द्र चौधरीलाई निर्वाचित गराउन आग्रह गर्दै पाँच वर्ष कांग्रेसलाई मत दिएकोमा कसैले पछुताउनु नपर्ने ग्यारेन्टी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक