२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल

२०८२, २ फाल्गुन शनिबार १५:४२

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेले नेपाली राजनीतिमा अहिले परिपक्कताभन्दा पनि आवेग देखिएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेसका उमेदवार पौडेल र वृद्धिजीवी तथा पेशागत समूहबीचको अन्तरक्रियामा बोल्दै उनले अहिले राजनीतिमा नयाँ नेतृत्व बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने जोखिम बढ्ने आशंका पनि बढिरहेको बताए ।

उनले भने,‘हाम्रो राजनीतिमा अहिले एउटा आवेग जस्तो देएिको छ । परिपक्वताभन्दा पनि नयाँपन खोजिएको जस्तो देखिएको छ । हाम्रो मौलिक अवस्थाको संवेदनशिलतासँग आवेग कत्तिको जोडिएको छ । नयाँ बनाउनुपर्ने छ त्यो हामीले चाहेको कुरा हो तर नयाँ बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने खतरा एवम जोखिम बढ्ने त होइन भन्ने आशंका पनि बढिरहेको अवस्थामा निर्वाचनमा गइरहेको छौं ।’

त्यस्तै उनले व्यक्तिगत विषयलाई बढी आधार बनाएर निर्वाचनको अभ्यासहरु भइरहेको धारणा राखे । राज्यको प्राथमिकता कसरी निर्धारण गरेको छ ? नागरिकको स्वार्थको विषय कसले एजेण्डामा समेटेको छ ?भन्ने विषयको आधारमा निर्वाचनमा उम्मेदवार छनोट र मतदान गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘ व्यक्तित्व कस्तो छ, त्यसले कति मान्छे चिनेको छ ? निर्वाचन क्षेत्रमा उ कति परिचित छ भन्ने व्यक्तिगत विषयलाई बढि आधार बनाएको अथवा त्यसले बढि प्रभाव पार्ने निर्णायक बनेको देखिन्छ । यस्ता निर्वाचनमा विचार कस्तो ल्याइएको छ । कुन विषयलाई कसरी परिभाषित गरेको छ, कसले राज्यको प्राथमिकता कसरी निर्धारण गरेको छ, नागरिकको स्वार्थको विषय कसले एजेण्डामा समेटेको छ भन्ने आधारमा निर्वाचनमा उम्मेदवार छनोट र मतदान गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो