2026-09-11 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँका जनताले पत्याउदैनन् कि भन्ने डरले सबै पार्टीका ठूला नेता काठमाडौँ बाहिर गएर चुनाव लडेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित काठमाडौँ–१ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले चुनौती देखेर कुनै संकोचबिना जनताले चुनेर पठाउँछन भन्ने विश्वासका साथ आफू काठमाडौँबाट लडेको बताए। अब काठमाडौँ उज्यालोको किल्ला बन्ने उनको दाबी छ।

उनले भने,‘म कुनै संकोच बिना चुनौती देखेर पनि काठमाडौँबाट जनताले चुनेर पठाउँछन भन्ने विश्वासकासाथ चुनावमा लडेको छु। धेरै साथीहरु वा केही पार्टीका ठूला नेताहरु काठमाडौँ बाहिर गएर लड्दै हुनुहुन्छ। काठमाडौँका जनतासँग विश्वास नै छैन, काठमाडौँका जनताले उहाँहरुलाई पत्याउदैन कि भन्ने डरले बाहिर जानुभयो। तर हामीलाई डर छैन्। हामी लड्छौं, हामी जित्छौं। अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ।’

त्यस्तै उनले आफ्नो पूरानो जिल्ला रामेछापका जनताले मनोनयन दर्ता गर्न आउनुहोस् जिताएर पठाउने जिम्मा लिन्छौं भन्दासमेत आफू काठमाडौँको सबै जनताले विश्वास गर्छन भन्ने आत्मविश्वासले काठमाडौँ नै रोजेको बताए।

‘मलाई धेरैले भन्नुहुन्छ–किन काठमाडौँबाट चुनाव लडेको ?अरु जस्तै बाहिर किन नगएको भन्नुहुन्छ। मेरो जिल्ला रामेछापका साथीहरुले मनोनयन दर्ता गर्न आउनुहोस् जिताएर पठाउँछौं भन्नुभएको थियो। तर मैले काठमाडौं–३ नै रोजें। किनकी काठमाडौँको सबै जनताले मलाई विश्वास गर्नुहुन्छ,’ उनले भने।

त्यस्तै उनले उनेपा भाषण गर्ने नभई परिणाम ल्याउने पार्टी भएको भन्दै हाम्रो पार्टीको पहिचान भनेकै परिणाम भएको धारणा राखे। अब भाषणलाई भन्दा पनि देश र समाजको लागि योगदान गर्ने व्यक्ति चुन्नु अहिलेको आम मतदाताको जिम्मेवारी रहेको उनको भनाई छ। उनले भने,‘हामी भाषण गर्न आएका होइनौं। तर हामी रिजल्ट ल्याउँदै, काम गछौं र परिणाम दिन्छौं। हाम्रो पहिचान भनेकै परिणाम हो। अब भाषणलाई होइन् कामलाई मतदान गर्नुपर्छ। कामलाई जनताले चुन्नुपर्छ। जसले देश र समाजको लागि योगदान गरेको छ। त्यस्ता व्यक्ति चुन्नु अहिलको आम मतदाताको जिम्मेवारी पनि हो।’अध्यक्ष घिसिङले नयाँ पार्टी भनेकै उज्यालो पार्टी भएको भन्दै देशकै पहिलो पार्टी दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा