काठमाडौँ | नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। शुक्रबार दिउँसो १ बजे बस्नेगरी समितिको बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।