Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ फाल्गुण ०४ गते, साँझ ६:१४ बजे
काठमाडौँ - KTM

तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम अनुसार जिम्मेवारी बढाउँदै लैजाने भन्दै नव प्रवेशी कार्यकर्ताहरुलाई आश्वास्त पारेका छन् ।

सोमबार पार्टी कार्यालय त्रिपुरेश्वरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालका लागि चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन आग्रह गर्दै जिम्मेवारीका सन्दर्भमा पछि सल्लाह गर्ने बताएका हुन् ।

‘जो जो आज उज्यालो पार्टीसँग जोडिनुभएको छ, सबैजना हाम्रा उम्मेदवारहरुलाई जिताउन लाग्नुहोला।‘जिम्मेवारीको सन्दर्भमा जसरी काम गर्नुहुन्छ त्यसरी नै बढ्दै जाने हो । निर्वाचनपछि महाधिवेशन हुन्छ र जिम्मेवारी तोकिने छ । तत्कालका लागि केही जिम्मेवारी चाँडै तोक्नेछौं,’ उनले भने । विभिन्न अन्य राजनीतिक दलहरु परित्याग गरि करिब तीन दर्जन व्यक्तिहरु सोमबार उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए।