२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा

२०८२, ७ फाल्गुन बिहीबार १७:५२

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालमा सिर्जना भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान एक मात्र दल कांग्रेस भएको बताएका छन्। मोरङ–१ मा कांग्रेस उम्मेदवार खड्ग फागोको मोरङको केराबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिलेको राष्ट्रिय सङ्कट घडीमा सिकारुलाई देश जिम्मा लगाउने होइन, परिपक्व शक्तिलाई जिम्मा दिनुपर्ने बताए। निर्वाचनको मैदानमा आँधीहुरी चलेको बेला पनि देशको बागडोर सम्हाल्न सक्ने दल कांग्रेस मात्रै भएको बताउँदै उनले जनतालाई सचेत रहन आग्रह गरे।

उपसभापति शर्माले भने, ‘सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन, जिम्मेवारी हाक्न, परिपक्व, अनुभवी र सङ्कट व्यवस्थापन गर्न सक्ने दललाई मात्रै देशको नेतृत्व दिनुपर्छ।’ नेपाली कांग्रेस इतिहासदेखि नै सङ्कटको घडीमा देशलाई सम्हाल्दै आएको दल भएकाले यस पटकको निर्वाचन पनि राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड हुने उनले बताए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको १० बर्षे जनयुद्धको द्वन्द्व अन्त्य गर्न र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन कांग्रेसले निर्णायक भूमिका खेलेको उपसभापति शर्माले स्मरण गराए। उनले भने ‘कांग्रेसको ‘बन्दुकले बन्दुकको समाधान हुँदैन’ भन्ने सिद्धान्तबाट गिरिजाप्रसाद कोइरालाले माओवादीलाई मूलधारको राजनीतिमा ल्याएर देशलाई ठूलो रक्तपातबाट जोगाएको कसैले बिर्सेका छैन।’

संविधान निर्माणको संवेदनशील घडीमा सबै पक्षलाई समेटेर अघि बढ्ने काम कांग्रेसले गरेको उनले स्मरण गराए। कांग्रेसलाई परिपक्व माझी भएको दाबी गर्दै,देशमा सङ्कट वा ‘आँधी हुरी’ आएको बेला अनुभवी नेतृत्वले मात्र देश सम्हाल्न सक्ने उनको भनाई थियो। यस बेला देशमा उठेको नयाँ पुस्ताको आक्रोश र मागलाई सम्बोधन गर्ने शक्ति पनि कांग्रेस नै भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी