2026-09-11 10:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौँ | पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह आज पोखरामा सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले दीक्षित विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आह्वान गरिन्। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दीक्षान्त केवल शैक्षिक यात्राको औपचारिक समापन नभई जीवनको नयाँ र महत्वपूर्ण प्रस्थानबिन्दु भएको उल्लेख गरिन्। उनले उच्च शिक्षा हासिल गरेका युवाहरूले आफ्नो ज्ञान र सीपलाई व्यक्तिगत उन्नतिमा मात्र सीमित नराखी राष्ट्र र समाजको समुन्नतिमा प्रयोग गर्नुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि दक्ष, इमान्दार र जिम्मेवार जनशक्तिको आवश्यकता औंल्याउँदै नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्। बदलिँदो विश्व परिवेशमा प्रतिस्पर्धी र सक्षम बन्न नवीन प्रविधिसँग अनुकूल हुन युवाहरूलाई सुझाव दिँदै उनले विश्वविद्यालयहरूले समयसापेक्ष, व्यावहारिक र रोजगारमुखी शिक्षा प्रदान गर्नुपर्ने बताइन्।

उनले अध्ययन पूरा गरे लगत्तै ठूलो संख्यामा युवाहरू विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माणमा विश्वविद्यालय, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्। पाठ्यक्रम र पठनपद्धतिलाई उद्यमशीलता तथा आत्मनिर्भरतातर्फ उन्मुख गराउनुपर्नेमा उनको जोड थियो।

प्रधानमन्त्री कार्कीले अनुशासन, परिश्रम र मानवीय मूल्यहरू दीर्घकालीन सफलताका आधार भएको उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूलाई सकारात्मक सोच, निष्ठा र जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट