२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज

२०८२, २० फाल्गुन बुधबार ११:२३

काठमाडौँ | इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणको रुस र चीनले कडा आलोचना गरेका छन्। दुवै देशले द्वन्द्वलाई थप नबढाउन कूटनीतिक समाधानमा फर्किन आह्वान गरेका छन्। चीनका विदेशमन्त्री वाङ यीले आफ्ना इजरायली समकक्षी गिदोन सारसँग टेलिफोन वार्तामा इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेका छन्। वाङले वासिङ्टन र तेहरानबीच वार्ता अघि बढिरहेका बेला सैन्य कारबाही सुरु हुनु दुःखद भएको बताएका छन्।

बल प्रयोगले समस्या समाधान नहुने भन्दै उनले दीर्घकालीन जटिलता आउने हुदाँ चीनले द्वन्द्व विस्तार हुन नदिन र क्षेत्रीय स्थिरता जोगाउन तत्काल युद्धविराम हुनुपर्ने बताएका छन् । बेइजिङले इरानस्थित चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षाबारे पनि चासो व्यक्त गरेको छ। इजरायली पक्षले उनीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

मस्कोमा आयोजित पत्रकार सम्मेलनमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण नदेखिएको बताएका छन्। उनका अनुसार अमेरिका र इजरायलको आक्रमणले उल्टै आणविक प्रसारको जोखिम बढाउन सक्छ। आणविक हतियारको प्रसार रोक्ने नाममा युद्ध सुरु गर्नुले उल्टै विपरीत परिणाम दिने लाभरोभलेको भनाइ छ ।

रुसले अमेरिका–इजरायलको कारबाहीलाई ‘सार्वभौम राष्ट्रमाथिको पूर्वनियोजित सशस्त्र आक्रमण’ भन्दै निन्दा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो