Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ फाल्गुण २० गते, अपराह्न ३:५३ बजे
काठमाडौँ - KTM

भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्ला फर्किने मतदाताहरूको लर्को लागेको छ। निर्वाचन नजिकिँदै जाँदा काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्दै आएका सर्वसाधारणहरू मतदानका लागि धमाधम गाउँ फर्किन थालेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले  पछिल्लो दुई दिनमा ८० हजार यात्रु बाहिरिएको पुष्टि गरेको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले निर्वाचनका लागि घर फर्किने यात्रुको चाप बढेको र दुई दिनमा ८० हजार मानिसले उपत्यका छाडेको जानकारी दिए।