Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ फाल्गुण २४ गते, राति ११:०५ बजे काठमाडौँ - KTM, मुख्य समाचार, राजनीति

समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ २२ लाख मत कटाएको छ । निर्वाचन आयोगले अपराह्न ४ः३० बजेसम्म समानुपातिकतर्फ ४४ लाख ७५ हजार ७९८ मतगणना सम्पन्न गरेर परिणाम सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको परिणामअनुसार रास्वपाले २२ लाख १० हजार १९५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस रास्वपाभन्दा धेरै पछाडि छ ।

कांग्रेसले सात लाख ५४ हजार २९ मत पाएको छ । एमाले कांग्रेसभन्दा झण्डै एक लाख बढी मतान्तरले पछाडि छ । उसले ६ लाख ४० हजार ६३ मत पाएको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तीन लाख २५० मत पाएको छ । पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख ६० हजार ६७२ मत पाएको छ ।

श्रम संस्कृति पार्टीले एक लाख चार हजार ४०० मतसहित छैटौँ स्थानमा छ ।