2026-08-03 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते

काठमाडौँ | युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् । तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले आज बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएको बताए ।

तीमध्ये एक जना उपचार क्रममा रहेको र उनको अवस्था समेत सामान्य रहेको सहसचिव खड्काले बताए । इजरायल-अमेरिका र इरानबीच आक्रमण-प्रत्याक्रमण भइरहेको छ । इरानले खाडी तथा पश्चिम एसियाका देशहरूमा रहेका अमेरिकी सैन्य बेशक्याम्पमा ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएको छ ।

ड्रोन आक्रमण क्रममा गोरखाका विवेक श्रेष्ठको यूएईमा मृत्युु भएको थियो । उनको शव नेपाल ल्याएर अन्त्येष्टि समेत गरिसकिएको छ । उनको क्षतिपूर्तिका लागि यूएईस्थित नेपाली दूतावास मार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीबाहेक अन्य क्षेत्रमा रहेका नेपाली भने सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला