Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ फाल्गुण २८ गते, राति ११:४५ बजे काठमाडौँ - KTM, मुख्य समाचार

महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताएकी छन्।

बिहीबार ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मोतिदेवी स्मृति केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली महिला अझै पनि सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेकोमा चिन्ता व्यक्त गरिन्। ‘बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरू विरुद्ध हदसम्मको कानुनी कारबाही गर्न राज्यले तदारुकता देखाउनु आवश्यक छ। यसका लागि नागरिक समाज र महिला संगठनहरुले निरन्तर आवाज उठाइरहनु अपरिहार्य छ,’ भण्डारीले भनिन्।

समाजमा बढ्दै गएको घरेलु हिंसा, एसिड आक्रमण, यौन दुर्व्यवहार, बलात्कार तथा हत्या जस्ता घटनाप्रति लक्षित गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्ता अमानवीय कार्यले सिंगो समाजलाई नै कलंकित बनाएको बताइन्। अपराधीले उन्मुक्ति पाउने वा कानुनी छिद्रको प्रयोग गरेर उम्कने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिइन।