2026-09-11 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार

काठमाडौँ | ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावपूर्ण अवस्थाका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० जना अझै फरार रहेका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदी भागेका थिए। तीमध्ये ३६२ जना पुनः नवलपरासी कारागारमा फर्किएका छन् भने चार जना अन्य कारागारमा बसेको कारागार प्रशासन नवलपरासीले जनाएको छ।

केही कैदी आफैँ फर्केर आएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर पुनः कारागार पठाएको थियो। हालसम्म १५० पुरुष र ३० महिला कैदी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासनले फरार कैदीलाई समयमा नै कारागार फर्किन आग्रह गर्दै सूचना जारी गरेको थियो।

कैदी भाग्नुअघि नवलपरासी कारागारमा कुल ५७५ कैदी थिए, जसमा ४१ जना विदेशी (भारतीय) कैदी पनि रहेका थिए। भारतीय कैदीमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेर कारागार बुझाएको भए पनि ३८ जना अझै फरार रहेका छन्। फरार कैदीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट