काठमाडौँ | क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर २७ लाख ठग्ने महिला पक्राउ परेकी हुन् ।
पक्राउ पर्नेमा कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. १८ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ९ बस्ने ५१ वर्षिया गिता भण्डारी रहेको रहेकी छिन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चैत १ गते पक्राउ गरेको हो । उनले राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर २७ लाख लिई सम्पर्क विहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल भण्डारीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।