2026-09-11 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले आफूले कसरी बोल्ने र कसरी संसद्मा प्रस्तुत हुने भनेर दुई दिनदेखि क्लास लिइरहेको टिप्पणी गरेकी छिन् । रास्वपाले हिजो र आज ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ । उक्त अभिमुखीकरण कार्यक्रम आफ्ना लागि निकै राम्रो भएको सांसद तामाङको भनाइ छ ।

सांसद तामाङले आफूलाई धेरैले उल्लिबिल्लि लगाइरहेको गुनासो पनि गरिन् ।‘सोझो रुखलाई छानीछानी काटिन्छ भनेजस्तो सोझो तामाङको छोरीलाई धेरै उल्लिबिल्लि बनाइरहनुभएको छ,’ सांसद तामाङले भनिन्, ‘आशिका तामाङलाई बोल्न आउँदैन भनेर । त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु । तपाईंहरूसँग राम्रोसँग बोल्नका लागि ।’

उनले अहिले आफू जवाफ दिने ठाउँमा पुगेको र त्यो ठाउँ असहज भएको पनि बताइन् । ‘जवाफ दिने ठाउँमा आफैं छु । त्यसकै लागि हाम्रो दुई दिने क्लास एकदमै राम्रो भइरहेको छ । मलाई यही पीर थियो, मलाई यो देशमा प्रधानमन्त्री मात्रै नयाँ होइन,’ सांसद तामाङले भनिन्, ‘धेरै सांसद नयाँ हुनुहन्छ । मलाई कसले गाइड गर्छ भन्ने डर थियो । पार्टीले यो राम्रो वेरेन्टेशन क्लास राखेको छ । यो राम्रो भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट