Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका गगन थापा केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन्। चुनावी पराजयको जिम्मेवारी लिँदै गत बुधबार थापाले सभापति पदबाट राजीनामा दिएका थिए। सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका हुन्।

कांग्रेसले आज दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठकमा सहभागी हुन उपसभापति शर्मासहित नेताहरू सानेपास्थित केन्द्रीय कार्यालय पुगिसकेका छन्। तर सभापतिबाट राजीनामा दिएका थापा भने आज केन्द्रीय समितिमा सहभागी हुने छैनन्। ‘सभापतिज्यू केन्द्रीय समितिमा सहभागी हुनुहुन्न, सम्भवत: उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक चल्छ,’ एक पदाधिकारीले भने।

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजीनामा तथा चुनावी पराजय समीक्षालगायत विषयमा छलफल हुनेछ।